२०८३ असार २ गते , मंगलबार

कचनकवल गाउँपालिकामा ग्यास लिक भएर आगलागी

sajilo news
झापा
२०८२ श्रावण ५ गते , सोमबार
कचनकवल गाउँपालिकामा ग्यास लिक भएर आगलागी

झापाको कचनकवल गाउँपालिकामा ग्यास लिक भएर आगलागी भएको छ । आज बिहान अन्दाजी ९ः५५ बजे कचनकवल-६ बनियानीस्थित रतन लाल राजवंशीको भान्सा कोठामा खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिकेज भई आगलागी भएको हो ।

आगलागीबाट फ्रिज, पानी तान्ने माटर र ग्यास चुलो गरी जम्मा ५० हजार ५०० बराबरको क्षति भएको छ ।प्रहरी टोली खटिएर स्थानीयको सहयोगमा बिहान १०ः३० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार