२०८३ असार २ गते , मंगलबार

देवघाटमा स्नान गर्नेको घुइँचो

sajilo news
झापा
२०८२ श्रावण ५ गते , सोमबार
देवघाटमा स्नान गर्नेको घुइँचो

भरतपुर ।  साउनको पहिलो सोमबार पवित्र तीर्थस्थल देवघाटलगायत चितवनका शिवालयमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।बिहान ४ बजेदेखि नै स्नान गर्नेको लर्को लागेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए।आइतबार बेलुकी नै आएका श्रद्धालुले बिहान ४ बजे स्नान गरी शिवको पूजा गरेका थिए। यस्तै बिहान आएकाहरूको अहिले देवघाटमा घुइँचो छ। 

देवघाटसँगै चितवनको भरतपुरस्थित महाकालेश्वर मन्दिर,कैलाशनाथ महादेव मन्दिर, गैँडाकोटको गोपेश्वर मन्दिर, माडी, कालिका, रत्ननगरलगायत क्षेत्रका शिवालयमा पनि घुइँचो छ। चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा  भारतबाटसमेत श्रद्धालु मेला भर्न आउँछन्। देवघाटमा अहिले धूमपान र मध्यपान निषेध गरिएको छ।

यो वर्ष देवघाटलाई प्लाष्टिकमुक्त बनाउने अभियानका साथ निषेध गरिएको निर्देशक बरालले बताए। अबिर, अक्षता, धूपबत्ती ल्याउन प्रयोग गरिने प्लाष्टिकका कारण नदी प्रदूषित बनेकाले आगामी दिनमा कडाइका साथ निषेध गर्ने उनको भनाइ छ।

सम्बन्धित समाचार