२०८३ असार २ गते , मंगलबार

झापामा कमल खोलाले बगाउँदा एक वृद्धको मृत्यु

sajilo news
झापा
२०८२ श्रावण ४ गते , आईतबार
झापामा कमल खोलाले बगाउँदा एक वृद्धको मृत्यु

झापामा कमल खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१ का ८० वर्षीय प्रभाखर पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कमल गाउँपालिका-२ स्थित कमल खोलाको पुलमुनि आज दिउँसो १ बजे खरेलको शव फेला परेको थियो । उनलाई पानीले बगाएर ल्याएका थिए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुगी शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार