२०८३ असार २ गते , मंगलबार

भियतनाममा डुंगा पल्टियो, ३४ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ श्रावण ४ गते , आईतबार
भियतनाममा डुंगा पल्टियो, ३४ जनाको मृत्यु

भियतनाममा खराब मौसमका कारण डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ।  लोकप्रिय पर्यटकीय स्थल हालोङ्ग खाडीमा डुंगा दुर्घटना ८ जना बेपत्ता छन्। डुंगामा अधिकांश हनोईबाट आएका भियतनामी नागरिक रहेको बताइएको छ।

पर्यटकहरु डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो। सो तुफानले डुंगा पल्टाइदिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्। घटनास्थलमा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ। 

उद्धार अधिकारीहरुले भारी वर्षाका कारण समस्या परिरहेको बताएका छन्। ‘विफा’ नाम दिइएको तुफानले भियतनाममा जनधनको क्षति पुर्‍याएको छ।

सम्बन्धित समाचार