२०८३ असार २ गते , मंगलबार

बिर्तामोडमा मोटरसाइकल र स्कुटर ठोक्किँदा पाँचजना घाइते

sajilo news
झापा
२०८२ श्रावण ३ गते , शनिबार
बिर्तामोडमा मोटरसाइकल र स्कुटर ठोक्किँदा पाँचजना घाइते

झापाको बिर्तामोड र अर्जुनधाराको सिमाना माता मन्दिर चौकमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । गएराति ९.३० बजे माता मन्दिर चौकस्थित भित्री सडक खण्डमा महानन्द चौकबाट माता मन्दिरतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प.४९९५ न.को स्कुटर र छाता चौकबाट माता मन्दिरतर्फ आउँदै गरेको प्र.१–०१–०१४ प.७६०३ न.को मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक अर्जुनधारा –१० बस्ने ४० वर्षीय प्रकाश ढुङ्गेल, स्कुटरको पछाडी सवार उनकी श्रीमती ३६ वर्षीया मिना ढुङ्गेल , मोटरसाइकल चालक मेचीनगर –६ बस्ने २४ वर्षीय सिद्धार्थ पुलामी, पछाडी सवार उनकै छोरा बर्ष २ का प्रसिद्ध पुलामी र दिदी बर्ष २८ की सुनिता पुलामी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बीएण्डसी अस्पतालमा लगिएको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कको टोलीले दुवै सवारी साधनलाई नियन्त्रण लिएको छ।

सम्बन्धित समाचार