२०८३ असार २ गते , मंगलबार

हल्दिबारीको भुतेनी खोलामा डुबेर एक वृद्धको मृत्यु

sajilo news
झापा
२०८२ श्रावण २ गते , शुक्रबार
हल्दिबारीको भुतेनी खोलामा डुबेर एक वृद्धको मृत्यु

हल्दिबारीको भुतेनी खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ । आज दिउँसो १२ः३० बजे हल्दिबारी गाउँपालिका ५ चारघरे बस्ने ८० वर्षीय भीमबहादुर विष्ट घाँस काट्न गएकोमा घाँस काटी फर्कने क्रममा स्थानीय भुतेनी खोलाको पानीमा डुबेर मृत अवस्थामा फेला परेका हुन् । मृतकका छोराले दिउँसो ४ः२० बजे देखेर पानीबाट बाहिर निकाली खोलाको किनारमा राखेका थिए ।

प्रहरी चौकी कन्चनश्रीमा जानकारी गराउनसाथ थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली खटिएको थियो । सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी लास पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार