भद्रपुरमा हुने रक्तदान महोत्सवको ब्यानर सार्वजनिक
भद्रपुर । भद्रपुरमा ''हाम्रो रक्त, हाम्रो लागि'' भन्ने नारासहित रक्तदान महोत्सव २०८२ हुने भएको छ । श्री जैन श्वेतांबर तेरापंथी उपशाखा र तेरापंथ महिला मंडल भद्रपुरको आयोजनामा हुने रक्तदान महोत्सवको शुक्रबार बिहान एक संक्षिप्त कार्यक्रम गरी ब्यानर प्रदर्शन गरिएको छ ।
आगामी असोज १ गते भद्रपुर-५ स्थित वडा प्रहरी कार्यालय अगाडि हुने रक्तदान महोत्सव हुन लागेको र त्यसैको ब्यानर दुई महिनाअघि सार्वजनिक गर्नुपर्ने संस्थाको नियम सार्वजनिक अनुसार गरिएको उपशाखाका अध्यक्ष सुबोध कोठारीले जानकारी दिए ।
ब्यानर प्रदर्शन भद्रपुर भन्सार प्रमुख अर्जुनकुमार सिटौला लगायतको उपस्थितिमा भन्सार गेट अगाडी गरिएको थियो । रक्तदान महोत्सव नेपाल रेडक्रस सोसाइटी झापा, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर र भद्रपुर मारवाडी संघको सहयोग रहने जनाइएको छ । नेपाल र भारतका विभिन्न स्थानसहित २० वटा मुलुकमा असोज १ गते एउटै समयमा रक्तदान हुने कार्यक्रम रहेको अध्यक्ष कोठारीले बताए झापाको पनि धुलाबारी, बिर्तामोड र दमकमा पनि रक्तदान गरिने कार्यक्रम रहेको जनाइएको छ ।