२०८३ असार २ गते , मंगलबार
झापामा करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
झापामा करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-४ भाङबारीका ३५ वर्षीय दीपक पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पाण्डे विर्तामोड विद्युत् कार्यालयको फिल्डतर्फ कामकाज गर्दै आइरहेका कर्मचारी थिए। प्रहरीका अनुसार आज दिउँसो २:२० बजेको समयमा विर्तामोड नगरपालिका-२ स्थित पश्चिम स्टेण्डमा रहेको बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर घाइते भएका उनलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पतालमा पठाएको र उनको उपचारको क्रममा ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटना बारेमा इलाका प्रहरी कार्यालय बिर्तामोडले अनुसन्धान गरिरहेको जनाइएको छ।