२०८३ असार २ गते , मंगलबार

फेसबुक स्ट्याटसमा लेखेको सामग्रीप्रति प्रशासन कार्यालय झापाको ध्यानाकर्षण

sajilo news
झापा
२०८२ श्रावण २ गते , शुक्रबार
फेसबुक स्ट्याटसमा लेखेको सामग्रीप्रति प्रशासन कार्यालय झापाको ध्यानाकर्षण

झापा । स्वतन्त्र नागरिक समाज, भद्रपुरको ब्यानरमा दीपक तिम्सिनाले फेसबुक स्ट्याटसमा लेखेको सामग्रीप्रति जिल्ला प्रशासन कार्यालय झापाको गम्भीर ध्यानाकर्षण भएको छ। तिम्सिनाले असार ३० गते र ३१ गते प्रशासन कार्यालय झापाको बेथिति बारेमा फेसबुक स्ट्याटसमा अभद्र र अशिष्ट भाषा प्रयोग गरिएको र यसले समग्र समाजलाई असर पुर्‍याउन सक्ने भएकाले प्रशासन कार्यालयले यस घटनालाई गम्भीर रूपमा लिएको बिहीबार एउटा विज्ञप्ति निकाल्दै जनाएको छ । प्रशासनको विज्ञप्तिमा भनिएको छ, 

तिम्सिनाले अमर्यादित र अशिष्ट शब्द प्रयोग गरी तथ्यहीन आरोपहरू लगाएको भए पनि त्यसलाई समेत गम्भीर रुपमा लिई के कति कारणले के कस्तो आधारमा उनले आफ्नो फेसबुक स्ट्याटसमा पटक-पटक उक्त विवरण र सामाग्री राखेका हुन भनी उनलाई जिल्ला प्रशासन कार्यालय, झापामा बोलाई बुझ्दा आफू असार ३० गते छोरीको राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन लगभग दिउँसो साढे १ बजेतिर कार्यालयमा आइपुगेकोमा आफू आउनु पूर्व नै टोकन वितरण भई सकेको कारण त्यस दिन काम नहुने बुझेपछि फर्कन लाग्दा बाहिर कसैले भनेको कुराले आवेग र उत्तेजनामा आई अशिष्ट र अमर्यादित भाषा प्रयोग गर्न पुगेको स्वीकार गर्दै क्षमायाचना मागेको उल्लेख छ । 

तिम्सिनाले फेसबुक लेखेको पहिलो स्ट्याटस

आफ्ना सेवालाई गुनासो रहित र सेवाग्राहीमैत्री बनाउन हामी निरन्तर प्रयासरत छौ । यसै सन्दर्भमा हालैका दिनबाट क्युआर कोर्ड मार्फत गुनासो प्रतिक्रिया सङ्कलन तथा नागरिक बडापत्र हेर्न मिल्ने व्यवस्था लगायतका प्रबन्ध गरिएको सर्वविदितै छ । यस कार्यालयमा मात्र नभई अन्य कार्यालयमा समेत बिचौलियाका गतिविधि हुन नदिन यस कार्यालयबाट निगरानी भइरहेको छ । यस क्रममा केही समय अगाडि विभिन्न कार्यालयहरूबाट बिचौलियाहरूलाई नियन्त्रणमा लिई मुद्दा समेत चलाइएको कुरा स्मरण गराउन चाहान्छौं।

यस कार्यालय तथा जिल्लाभित्रका अन्य कार्यालयहरूमा समेत नागरिकहरूलाई कोही कसैले दुःख दिने, सवारीसाधनबाट समातेर आफ्नो पसलतिर बलजफती लाने, बढी सेवा शुल्क लिने, हुलाक टिकटमा अङ्कित मूल्य लिँदा बाहेक अन्य काममा रसिद नदिई पैसा लिने, कार्यालयका सेवाहरूको बारेमा गलत सूचना दिने, काम गराइदिन्छु मिलाइदिन्छु भनी झुक्क्याउने गरेको पाइएमा तत्कालै कारबाही गरिने छ । त्यस्ता विषयमा जो कसैले जुनसुकै माध्यमबाट दिने सूचनाहरू हामी सुनवाइ गर्नेछौँ। तर यसरी सूचना दिँदा वा गुनासो गर्दा सार्वजनिक शिष्टाचार र मर्यादालाई भने ख्याल राखिदिन विज्ञप्तिमार्फत नै अनुरोध गरिएको छ । 

प्रशासनको विज्ञप्ति

सम्बन्धित समाचार