२०८३ असार २ गते , मंगलबार
दमकको सेवारो होटेल आगलागी, १३ लाखको क्षति
झापाको दमकमा रहेको सेवारो होटेल एन्ड सेकुवा कर्नरमा आगलागी हुँदा अन्दाजी १३ लाख बराबरको क्षति भएको छ । आज बिहान ११.३० बजे दमक-६ स्थित भृकुटी चोकमा दिलमाया लावतीले सञ्चालन गर्दै आएको सो होटेलमा ग्यासपाइप लिक भएर आगलागी भएको हो । आगलागीबाट होटेल, फ्रिज , इन्भर्टर , खाद्यान्न , लत्ताकपडालगायत गरी अन्दाजी १३ लाख बराबरको क्षति भएको दमक प्रहरीले जनाएको छ ।
दमक नगरपालिका, उर्लाबारी नगरपालिका र कमल गाउँपालिकाको दमकल , प्रहरी , नगर प्रहरी र स्थानीयको सहयोगमा दिउँसो १२.३० बजे आगो नियन्त्रणमा आएको छ ।