२०८३ असार २ गते , मंगलबार

दमकमा ११ वर्षीय बालकको डुबेर मृत्यु

sajilo news
झापा
२०८२ असार ३१ गते , मंगलबार
दमकमा ११ वर्षीय बालकको डुबेर मृत्यु

झापाको दमकमा एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका-९ का ११ वर्षीय रमन धिमाल रहेको प्रहरीले जनाएको छ ।

दमक-९ स्थित टुकुरे र बेतनी खोलाको दोभानमा डुबेर हिजो दिउँसोदेखि बेपत्ता भएका उनको शव आज बिहान फेला परेको हो । उनी पाणिनी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए । शवको कानुनी प्रक्रिया पूरा गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

सम्बन्धित समाचार