२०८३ असार २ गते , मंगलबार

चार्जबाट मोबाइल निकाल्ने क्रममा करेन्ट लाग्दा महिलाको मृत्यु

sajilo news
झापा
२०८२ असार ३१ गते , मंगलबार
चार्जबाट मोबाइल निकाल्ने क्रममा करेन्ट लाग्दा महिलाको मृत्यु

खोटाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गएराति जिल्लाको बराहपोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

राति साढे ९ बजेतिर मोबाइल चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता सुशान्त मिश्रले बताए ।

सम्बन्धित समाचार