२०८३ असार २ गते , मंगलबार

गौरादहमा आगलागी, चारवटा चौपाया जलेर मरे

sajilo news
झापा
२०८२ असार ३० गते , सोमबार
गौरादहमा आगलागी, चारवटा चौपाया जलेर मरे

झापाको गौरादहमा आगलागी हुँदा चारवटा चौपाया जलेर मरेका छन् ।  गौरादह नगरपालिका–२ दलु बस्ने टंकप्रसाद पौडेलको टिनको छानो, बाँसको टाटी बेरा, सखुवाको खम्बा भएको एकतले ग्वालीमा बिजुलीको तार सर्ट भई गएराति ११ः५ बजे आगलागी भएको थियो । ग्वाली पूर्णरुपमा जलेर नष्ट हुँदा ग्वालीमा बाँधेर राखेको एउटा दुहुनो गाई, एक–एक वटा खसी, बोका र एउटा बाख्रा जलेर मरेका छन् ।

त्यस्तै एउटा गर्भिणी गाई र तीन महिनाको बाछी घाइते भएका छन् । आगलागीबाट ग्वाली र ग्वालीमा रहेको काठपातसमेत जलेर नष्ट हुँदा करिब ६ लाख १९ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  ग्वालीमा लागेको आगो गौरादह र दमक नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा राति १ः५० बजे नियन्त्रणमा लिइएको थियो

सम्बन्धित समाचार