२०८३ असार २ गते , मंगलबार

झापाको बिर्तामोडमा आगलागी

sajilo news
झापा
२०८२ असार २९ गते , आईतबार
झापाको बिर्तामोडमा आगलागी

झापाको बिर्तामोडमा आगलागी भएको छ । आज साँझ ७ः४५ बजे बिर्तामोड नगरपालिका १ बिर्तासिटी अस्पताल छेउ रहेको टोकला चिया फ्याक्ट्रीको कार्यालयमा राखिएको जेनेरेटर रुममा बिद्युत् लाइन सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट जेनेरेटर पूर्णरुपमा जल्दा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी प्राप्त हुनसाथ खटिएको प्रहरी टोली र बिर्तामोड नगरपालिकाको दमकलको सहायतामा राति ८ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार