२०८३ असार २ गते , मंगलबार

भद्रपुरमा घरको कम्पाउन्डले थिचेर एक कामदारको मृत्यु

sajilo news
झापा
२०८२ असार २९ गते , आईतबार
भद्रपुरमा घरको कम्पाउन्डले थिचेर एक कामदारको मृत्यु

भद्रपुरमा घरको कम्पाउन्ड (पर्खाल) भत्किएर थिच्दा एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-९ लक्कीवारिका अन्दाजी ३५ वर्षीय लक्ष्मण कामती रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आज दिउँसो ४ बजेको समयमा भद्रपुर नगरपालिका-६ राधाकृष्ण टोलस्थित सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ठेक्का लिई यज्ञ निर्माण एन्ड सप्लायर्सले नालाको काम गर्न लगाएको कामदार कामतीलाई इन्द्र राउतको घरको कम्पाउन्डले थिच्दा गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई प्रादेशिक अस्पताल भद्रपुर पठाएको र उनको उपचारको क्रममा ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार