२०८३ असार २ गते , मंगलबार

सडेर किरा परेको अवस्थामा महिलाको शव फेला

sajilo news
मोरङ
२०८२ असार २९ गते , आईतबार
सडेर किरा परेको अवस्थामा महिलाको शव फेला

मोरङको बुढीगंगामा सडेर किरा परेको अवस्थामा महिलाको शव फेला परेको छ । हिजो दिउँसो ४.३० बजे   बुढीगंगामा  गाउँपालिका-६ घेराबनीस्थित नहरको किनारामा रहेको झाडीमा अन्दाजी ३० वर्षको जस्तो देखिने नाम थर वतन नखुलेकी महिलाको शव सडेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरीया, प्रहरी नायव उपरीक्षक हस्तबहादुर सुनारको कमान्डमा टोली थप अनुसन्धानको लागि घटनास्थल गएको थियो । उक्त शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार