२०८३ असार २ गते , मंगलबार

इलाममा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

sajilo news
इलाम
२०८२ असार २८ गते , शनिबार
इलाममा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शय्याको आज उद्घाटन गरेका छन्।  सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गरेका छन्। साथै बृहत् खानेपानी आयोजनाको शिलान्यास गरे। सो पालिकाका एक सय ७६ अव्यवस्थित बसोवासीलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहेको उल्लेख गर्दै देखिएका अरू समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए।

उनले मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयवासीलाई आग्रह गरे। प्रधानमन्त्री ओलीलाई नगरप्रमुख खम्बा सिंह लिम्बूले मागपत्र बुझाएका थिए। 

सम्बन्धित समाचार