२०८३ असार २ गते , मंगलबार

भद्रपुरका १७ वर्षीय रिजन सम्पर्कविहीन, खाेजीदिन परिवारजनकाे आग्रह

sajilo news
झापा
२०८२ असार २७ गते , शुक्रबार
भद्रपुरका १७ वर्षीय रिजन सम्पर्कविहीन,  खाेजीदिन परिवारजनकाे आग्रह

भद्रपुर । झापा भद्रपुरका एक किशोर सम्पर्कविहीन भएका छन् ।

भद्रपुर नगरपालिका–७ काफ्ले टोलका १७ वर्षीय रिजन महत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । उनी प्रादेशिक अस्पताल भद्रपुरमा कार्यरत नीरु सुवेदी महतका छोरा हुन् । 

परिवारका अनुसार रिजन आज दिउँसो २ बजेदेखि सम्पर्कविहीन बताइएको छ ।  घरबाट निस्किएका रिजन मोबाइल पनि बन्द रहेको छ । परिवारजनले उनको खोजी गरिदिन सबै समक्ष आग्रह गरेका छन् ।

परिवारजनले उनी बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय झापामा हुलियासहित उजुरी दिएका छन् ।

सम्बन्धित समाचार