२०८३ असार २ गते , मंगलबार

भद्रपुर नगरपालिकालाई निर्माण व्यवसायी संघको ज्ञापनपत्र

sajilo news
झापा
२०८२ असार २७ गते , शुक्रबार
भद्रपुर नगरपालिकालाई निर्माण व्यवसायी संघको  ज्ञापनपत्र

भद्रपुर नगरपालिकालाई निर्माण व्यवसायी संघ झापाले शुक्रवार ज्ञापनपत्र बुझाएको छ । वार्षिक नवीकरण शुल्क घटाउनु पर्ने माग राख्दै निर्माण व्यवसायी संघले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो ।  संघका जिल्ला अध्यक्ष रमेश अधिकारीको नेतृत्वमा आएको टोलीले नगर प्रमुख गणेश पोखरेललाई भेटेर निर्माण व्यवसायीका समस्याहरू बुँदागत रूपमा राख्दै ज्ञापनपत्र  बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख पोखरेलले व्यवसायीहरूको समस्या समाधानका लागी सधैँ अग्रसर रहँदै जिम्मेवार ढङ्गले समाधान खोजिने प्रतिबद्धता जनाए । भद्रपुरमा रहेका निर्माण व्यवसायीहरू नगरपालिकाबाट पीडित रहेको भएको निर्माण व्यवसायी बद्री आचार्यको बताए । नवीकरण  शुल्क बापत घ वर्गका निर्माण सेवाहरूले प्रति वर्ष रु १० हजार शुल्क तिर्नुपर्ने र देशैभरि कहीँ नभएको भद्रपुरमै रहेकोले उक्त शुल्क घटाउनुपर्ने संघका सचिव पुष्पराज निरौलाले बताए । 

सम्बन्धित समाचार