२०८३ असार २ गते , मंगलबार

सशस्त्रको भद्रपुर गुल्म प्रमुख प्रसाईँको सरुवा, पौडेलले सम्हाले जिम्मेवारी

sajilo news
झापा
२०८२ असार २६ गते , विहीबार
सशस्त्रको भद्रपुर गुल्म प्रमुख प्रसाईँको सरुवा, पौडेलले सम्हाले जिम्मेवारी

भद्रपुर । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका प्रमुख तथा डीएसपी चिरञ्जीवी प्रसाईँको सरुवा भएको छ । डीएसपी प्रसाईँको पाँचथरको फिदिममा जिल्ला प्रमुख भई सरुवा भएको हो । उनी गुल्म भद्रपुरमा ५ महिना ५ दिनमा जिम्मेवारी सम्हालेका थिए ।  उनको ठाउँमा सशस्त्र प्रहरी पोखरा तालिम केन्द्रबाट सरुवा भई आएका डीएसपी दयाराम पौडेलले जिम्मेवारी सम्हालेका छन् । 

उनीहरूलाई गुल्ममा बिहीबार एक कार्यक्रमका बीच स्वागत तथा बिदाइ गरिएको छ । विभिन्न सङ्घसंस्था,उद्योगी व्यवसायी, राजनीतिक दल, प्रहरी कर्मचारी लगायतले उनीहरूलाई स्वागत तथा बिदाइ गरेका थिए । सरुवा भई आएका पौडेलले झापा जिल्ला पहिलो भएकोले सवैको साथ र सहयोगको अपेक्षा राखेका छन् भने बिदाइ भएका प्रसाईँले कार्यकाल सफल बनाइदिनू भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।  प्रस्तावित सीमा सुरक्षा गुल्मको मातहतमा  ज्यामिरगढी महेशपुर  र पृथ्वीनगर बिओपी रहेको छ ।  

सम्बन्धित समाचार