२०८३ असार २ गते , मंगलबार

कचनकवलमा हात्तीले दुईवटा घर भत्कायो

sajilo news
झापा
२०८२ असार २६ गते , विहीबार
कचनकवलमा हात्तीले दुईवटा घर भत्कायो

झापाको कचनकवलमा जंगली हात्तीले दुईवटा घर भत्काएको छ ।  हिजो मध्यराति चारकोशे जङ्गलबाट निस्किएका दुईवटा जंगली हात्तीले कचनकवल गाउँपालिका –६ डम्बरगाछ निवासी बाबुराम हेमरम र बड्का सोरेनको घर भत्काएको हो ।

टिनको छानो र टाँटी बेरा भएको दुई वटै घरलाई क्षति पुर्‍याई घरभित्र भएको अन्नपात खानुका साथै सरसामान छरपस्ट पार्दा करिब १ लाख ३० हजार बराबरको क्षति भएको जनाइएको छ ।
 

सम्बन्धित समाचार