२०८३ असार २ गते , मंगलबार

बाह्रदशी सवारी दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्याे, ३ वर्षीय बालककाे पनि मृत्यु

sajilo news
झापा
२०८२ असार २६ गते , विहीबार
बाह्रदशी सवारी दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्याे, ३ वर्षीय बालककाे पनि मृत्यु

झापाको बाह्रदशीमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । स्कुटर चालक कचनकवल गाउँपालिका ३ डाकुपाराका ६० वर्षीय श्रीप्रसाद राजवंशीसंगै उनका ७ वर्षीय नाति आयुष राजवंशीको पनि मृत्यु भएको छ ।

गएराति ९ः२५ बजे आयुषको बीएण्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मिला राजवंशीको अबस्था पनि गंभीर रहेको छ । उनको आइसीयुमा उपचार भइरहेको छ ।

सो दुर्घटनामा हिजो स्कुटर चालक कचनकवल-३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारत जिल्ला किशनगंज डिघलबैक थाना करलाबारी-१४ बस्ने २७ वर्षीय सुरज टुडूको मृत्यु भएको थियो ।

हिजो दिउँसो ३.४० बजे बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुधेका थिए ।

सम्बन्धित समाचार