२०८३ असार २ गते , मंगलबार

झापाको बाह्रदशीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु, दुईजना गम्भीर घाइते

sajilo news
पार्थ मण्डल
२०८२ असार २५ गते , बुधबार
झापाको बाह्रदशीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु, दुईजना गम्भीर घाइते

झापा । झापाको बाह्रदशीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा परी ३ वर्षीय बालकसहित दुई जना गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो ३:४० बजेको समयमा बाह्रदशी गाउँपालिका-१ खैरबारीस्थित भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेट ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र-१-०१-०१६ प ९२७० नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक कचनकवल गाउँपालिका ३ अन्दाजी ६० वर्षको श्रीप्रसाद राजवंशीको घटनास्थलमै र मोटरसाइकल चालक (तत्काल नाम थर वतन नखुलेको) प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुवै शव अस्पतालमा रहेको जनाइएको छ । दुर्घटनामा परी स्कुटरको पछाडि स्कुटरको पछाडि सवार मृतक श्रीप्रसादको बुहारी २७ वर्षीया उर्मिला राजवंशी र उनको ३ वर्षीय छोरा आयुष राजवंशी  गम्भीर घाइते भएको र दुवैलाई उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । दुवै सवारी साधन इलाका प्रहरी कार्यालय राजगढले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार