२०८३ असार २ गते , मंगलबार

भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह

sajilo news
झापा
२०८२ असार २४ गते , मंगलबार
भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज राति भारी वर्षा हुने सम्भावना रहेकाले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रका बासिन्दाहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ। सिन्धुपाल्चोक प्रशासनले आज सूचना जारी गर्दै छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएको जनाएको छ।

‘छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकाले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दामा सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउ देखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन हुन यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ।

नेपाल प्रहरीका अनुसार रसुवाको लेन्दे नदीमा आएको बाढीबाट ७ जनाको शव फेला परेको जनाएको छ। अझै १८ जना सम्पर्कविहीन भएका छन्। तीमध्ये ३ जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण रहेका छन्। ५५ जनाको उद्धार गरिएको छ।

सम्बन्धित समाचार