२०८३ असार २ गते , मंगलबार

रसुवागढी बाढी : ७ जनाको शव फेला, ५५ जनाको उद्धार

sajilo news
झापा
२०८२ असार २४ गते , मंगलबार
रसुवागढी बाढी : ७ जनाको शव फेला, ५५ जनाको उद्धार

नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा गएराति आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार विभिन्न स्थानमा ७ जनाको शव फेला परेको हो।  भोटेकोशी नदीको बाढीमा परेर १८ जना बेपत्ता भएका थिए। बाढीमा फसेकामध्ये हालसम्म ५५ जनाको उद्धार भएको छ। ति मध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।   

बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरुमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मिनारायण थारु र सुरेश थारु तथा बागलुङका नरेश विक रहेका छन्। 

यसैगरी सिन्धुपाल्चोकका फुर्वा लामा र ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ रहेका छन्। यस्तै ६ चिनियाँ नागरिकसमेत बाढी पहिरोमा परी सम्पर्कविहीन भएका छन्। बाढीले नेपाल चीन जोड्ने मितेरी पुल समेत बगाएको छ । 


 

सम्बन्धित समाचार