२०८३ असार २ गते , मंगलबार

मेचीनगरमा जंगली हात्तीले एउटा घर भत्कायो

sajilo news
झापा
२०८२ असार २४ गते , मंगलबार
मेचीनगरमा जंगली हात्तीले एउटा घर भत्कायो

झापाको मेचीनगरमा जंगली हात्तीले एउटा घर भत्काएको छ ।  मंगलबार बिहानको राति ३ बजे मेचीनगर नगरपालिका-४ स्थित मनकामना टोल निवासी सुवर्णकुमार खड्काको भान्सा घर एउटा जंगली हात्तीले भत्काएको हो ।

भान्सा घर भत्काई भान्सा घरमा रहेको खाद्यान्न, अन्य सर–सामान गरी अन्दाजी ५० हजार बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हात्तीले दिनहुँ जसो जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याउँदै आइरहेको छ । 

सम्बन्धित समाचार