२०८३ असार २ गते , मंगलबार
कोशीटप्पुमा एउटा जंगली हात्ती मृत फेला
सुनसरीको बराहक्षेत्र –११ स्थित कोशीटप्पु वन्यजन्तु आरक्षमा एउटा जंगली हात्ती मृत फेला परेको छ। कोशीटप्पु वन्यजन्तु आरक्षको कोर इलाकानजिकै रहेको सप्तकोशीको भंगालोमा आरक्षका कर्मचारीहरुले जंगली भाले हात्ती मृत अवस्थामा फेला पारेका हुन् ।
कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका बरिष्ठ संरक्षण अधिकृत तथा नेपाली सेनाको टोली खटिएर करिब ५० वर्षको भाले हात्ती शरीरको आधा भाग पानीमा डुवेको अवस्थामा फेला पारी थप अनुसन्धान भइरहेको जनाइएको छ ।