२०८३ असार २ गते , मंगलबार

भद्रपुरबाट उद्धार गरिएका सडक मानवको मृत्यु

sajilo news
झापा
२०८२ असार २३ गते , सोमबार
भद्रपुरबाट उद्धार गरिएका सडक मानवको मृत्यु

भद्रपुरबाट उद्धार गरी मानव सेवा आश्रम मेचीनगर पुर्‍याइएका एक सडक मानवको मृत्यु भएको छ । आइतबार भद्रपुर-१० मा बेवारिसे अवस्थामा हिँडडुल गरिरहेका तत्काल वतन नखुलेका वर्ष ५० का भुन्टे कुर्मी भन्ने व्यक्तिलाई भद्रपुर नगरपालिकाले उद्धार गरी मेचीनगर-४ बाहुनडाँगीस्थित मानव सेवा आश्रममा पुर्‍याएका थिए ।

सोमबार दिउँसो ३ बजे आश्रममा सुतेको अवस्थामा उनको मृत्यु भएको हो । प्रहरी चौकी बाहुनडाँगी र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोली थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि घटनास्थल पुगेका थिए । शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । मृतक दुवै मिर्गौलासम्बन्धी बिरामी रहेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित समाचार