२०८३ असार २ गते , मंगलबार

८ दिनदेखि बेपत्ता भद्रपुरका लामा जङ्गलमा मृत भेटिए

sajilo news
झापा
२०८२ असार २२ गते , आईतबार
८ दिनदेखि बेपत्ता भद्रपुरका लामा जङ्गलमा मृत भेटिए

भद्रपुर । आठ दिनदेखि बेपत्ता रहेका भद्रपुरका एक वृद्ध आज दिउँसो जङ्गलमा मृत अवस्थामा फेला परेको छ ।  भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढ जङ्गलमा स्थानीय ७२ वर्षीय वृद्ध उत्तम लामा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।  उनको शव सडिसकेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाहरूले जङ्गलभित्र रुखमा झुन्डिएको अवस्थामा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । दुर्गन्ध फैलिएपछि मात्र स्थानीय शव देखेका थिए । यता जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ।

मृतक लामा आठ दिनअघि घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए । परिवारले खोजी गर्दा नभेटिएपछि प्रहरीमा बेपत्ता सम्बन्धी निवेदन दिइएको जनाइएको छ । 

 

सम्बन्धित समाचार