२०८३ असार २ गते , मंगलबार

रोपाइँका लागि पानी तान्ने क्रममा झापामा करेन्ट लागेर एकजनाको मृत्यु

sajilo news
झापा
२०८२ असार २२ गते , आईतबार
रोपाइँका लागि पानी तान्ने क्रममा झापामा करेन्ट लागेर एकजनाको मृत्यु

झापाको बुद्धशान्तिमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ सयपत्री टोलका ३९ वर्षीय रोशन जिमी रहेको प्रहरीले जनाएको छ । आज साँझ ७ बजे आफ्नै खेतमा रोपाइँ गर्नको लागि घरनजिकै रहेको पैनीबाट मोटर सेट गरी पानी तान्ने क्रममा जिमीलाई करेन्ट लागेको थियो । 

घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले थप अनुसन्धान गरिरहेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार