२०८३ असार २ गते , मंगलबार

‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट भण्डारी र युवा पत्रकारिता पुरस्कारबाट घिमिरे सम्मानित

sajilo news
झापा
२०८२ असार २२ गते , आईतबार
‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट भण्डारी र युवा पत्रकारिता पुरस्कारबाट घिमिरे सम्मानित

नारी सञ्चार गृहद्वारा स्थापित ‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस)की जिल्ला संवाददाता अम्बिका भण्डारी सम्मानित भएकी छिन् । आज बिर्तामोडमा आयोजित एक समारोहमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्षसमेत रहेकी भण्डारीलाई बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईँले नगद रु एक लाखसहित पुरस्कार र सम्मानपत्र प्रदान  गरेकी थिइन् ।

सोही अवसरमा नारी सञ्चारगृह युवा पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी चिरञ्जीवी घिमिरे नगद रु २५ हजारसहित सम्मानित भएका छन् । नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोजनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव माया मितु न्यौपानेले गरेकी थिइन ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, नेपाल पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष केशव आचार्य लगायतलाई सम्मान गरिएको थियो ।

नारी सञ्चारगृह झापा जिल्लामा सक्रिय पत्रकारितामा संलग्न महिला सञ्चारकर्मीको सङ्गठित संस्थाका रूपमा स्थापना भएर काम गर्दै आएको छ । संस्थाले महिला नेतृत्व, समावेशीता र सामाजिक न्यायमा आधारित पत्रकारिताको प्रवर्द्धन तथा पत्रकारको हकहितका पक्षमा गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार