२०८३ असार २ गते , मंगलबार

झापामा गाेमन सर्पले डस्दा एक बालकको मृत्यु

sajilo news
झापा
२०८२ असार २२ गते , आईतबार
झापामा गाेमन सर्पले डस्दा एक बालकको मृत्यु

झापामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । सर्पले डस्दा कमल गाउँपालिका- ४ का अन्दाजी १० वर्षीय नवीन विकको मृत्यु भएको हो । गएराति हजुरबुवासँगै भुइँमा सुतेका नवीनलाई  कालो गोमन सर्पले खुट्टामा टोकेको थियो । उनको घटनास्थलमै मृत्यु भएको कमल ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले जानकारी दिए। 

बालकको मृत्युपछि घर आँगनमा खोजेर दुईवटा सर्प मारेका थिए। ज्योति आधारभूत विद्यालयमा अध्ययनरत नवीन हजुरबुवा र हजुरआमासंगै बस्दै आएका थिए । उनका बुवा वैदेशिक रोजगारीमा  गएका छन् ।

सम्बन्धित समाचार