२०८३ असार २ गते , मंगलबार

पौडी खेल्ने क्रममा मुरा खोलामा डुबेर दुई बालकको मृत्यु

sajilo news
सुनसरी
२०८२ असार २२ गते , आईतबार
पौडी खेल्ने क्रममा मुरा खोलामा डुबेर दुई बालकको मृत्यु

इटहरीस्थित मुरा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । शनिबार दिउँसो १२:३० बजे इटहरी-१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र वडा नम्बर-५ का बुद्धि परियारका ११ वर्षीय छोरा हेमबहादुर परियार भन्ने बिसु परियारको डुबेर मृत्यु भएको हो ।

इटहरी वडा नम्बर १६ जब्दीस्थित मुरा खोलामा दुईजना बालक पौडी खेल्ने क्रममा डुबेको भन्ने खबर स्थानीयले टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय पकलीमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर खोलाको दहबाट निकाली उपचारको लागि सान्बी सिटी अस्पताल इटहरीमा पठाएको थियो । अस्पतालका चिकित्सकले चेकजाँच गर्दा उनीहरूको मृत्यु भइसकेको थियो । दुवै बालकको शव मुचुल्का गरी लास पोस्टमार्टमको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार