२०८३ असार २ गते , मंगलबार

मेचीनगरमा अटोसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

sajilo news
झापा
२०८२ असार २१ गते , शनिबार
मेचीनगरमा अटोसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

झापाको मेचीनगरमा अटोसँग ठोक्किँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ ५:१० बजे मेची राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका–१२ स्थित माथिल्लो धाइजनमा चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको प्र १–०१–००२ ह ५५७१ नम्बर को अटो र विपरीत दिशाबाट आउँदै गरेको मे ८ प ८०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–११ का ३४ वर्षीया भीमबहादुर सार्की घाइते भएका थिए । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले लाने बित्तिकै मृत घोषित गरिदिए । अटोमा सवार बुद्धशान्ति–३ बस्ने ४९ वर्षीया निर्मला बिक र उनकी छोरी १७ वर्षीया दिपा बिक घाइते भएका छन् । दुवै जनाको बीएण्डके पोलिक्लिनिक चारआलीमा उपचार भइरहेको छ ।

अटो चालक बुद्धशान्ति –१ बस्ने ४० वर्षीय युवराज घिमिरे, अटो र मोटरसाइकललाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार