२०८३ असार २ गते , मंगलबार
मेचीनगरमा सिटी सफारी दुर्घटनामा परी घाइतेको उपचारको मृत्यु
मेचीनगरमा सिटी सफारी दुर्घटनामा परी घाइते एक व्यक्तिको उपचारको मृत्यु भएको छ । असार १५ गते मेचीनगरमा भएको सिटी सफारी दुर्घटनामा घाइते यात्रुको उपचारका क्रममा मृत्यु भएको हो ।
असार १५ गते बिहान १०ः३० बजे मेचीनगर –७ पालिया टोलस्थित भित्री सडक खण्डमा पूर्वपश्चिम राजमार्गबाट बसपार्कतर्फ जाँदै गरेको मे १ ह ६१०५ नम्बरको सिटी आफै अनियन्त्रित भई रोडमा पल्टिएको थियो । सिटीमा सवार मेचीनगर-७ नयाँ बसपार्क बस्ने ४० वर्षीय सुदिप राजवंशी घाइते भएका थिए ।
घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् थप उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको थियो । उनको उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।