२०८३ असार २ गते , मंगलबार

मेचीनगरमा सिटी सफारी पल्टियो, चालकको मृत्यु

sajilo news
झापा
२०८२ असार २१ गते , शनिबार
मेचीनगरमा सिटी सफारी पल्टियो, चालकको मृत्यु

झापाको मेचीनगरमा दुर्घटना परी सिटी सफारी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-११ बस्ने ३२ वर्षीय राज कडरिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान अन्दाजी ९ः३० बजे मेचीनगर-१० स्थित ढाड चोकको भित्री सडक खण्डमा महामति फर्निचर उद्योगबाट नागाडुव्वातर्फ जाँदै गरेको प्र.१ –०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो । 

दुर्घटनामा घाइते भएका चालक कडरियाकाे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा १०ः५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सो सिटीमा कडरयिाबाहेक अरू सवार थिएनन् ।

सम्बन्धित समाचार