२०८३ असार २ गते , मंगलबार

भद्रपुर र कचनकवलका किसानलाई स्यालो ट्युबवेल वितरण

sajilo news
झापा
२०८२ असार २० गते , शुक्रबार
भद्रपुर र कचनकवलका किसानलाई स्यालो ट्युबवेल वितरण

सिँचाइको पहुँच नभएका भद्रपुर र कचनकवलका किसानलाई स्यालो ट्युबवेल (मोटर बोरिङ) वितरण गरिएको छ । दुई पालिकाका ५५ कृषक समूहहरूलाई शुक्रबार एक संक्षिप्त कार्यक्रमका बीच स्यालो ट्युबवेल वितरण गरेको जनाइएको छ ।

कोशी सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीको पहलमा भूमिगत जलस्रोत तथा सिचाई विकास डिभिजन विराटनगरले उपलब्ध गराएको स्यालो ट्युबवेल जडान खर्चसहित वितरण गरिएको थियो ।

५५ जटा ट्युबवेलको अन्दाजी मूल्य ४२ लाख ९२ हजार १५८ रुपैयाँ रहेको जनाइएको छ । आफ्नै निर्वाचन क्षेत्रका राज्यमन्त्री राजवंशीको पहलमा स्यालो ट्युबवेल पाएपछि यहाँका कृषकहरू खुसी देखिएका थिए । आकाशे पानीको भरमा सिँचाइ गर्नुपर्ने बाध्यताको अन्त्यसँगै उत्पादन बढाउनेमा यसले सहयोग पुर्‍याउने कृषकहरू बताउँछन् । 

सम्बन्धित समाचार