२०८३ असार २ गते , मंगलबार

भूकम्प पीडितको टहरामा ढुंगा खस्यो, सुतिरहेका दिदी–बहिनीको मृत्यु

sajilo news
झापा
२०८२ असार २० गते , शुक्रबार
भूकम्प पीडितको टहरामा ढुंगा खस्यो, सुतिरहेका दिदी–बहिनीको मृत्यु

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदीबहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए । 

नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाको भनाई छ । प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताए । 
 

सम्बन्धित समाचार