२०८३ असार २ गते , मंगलबार

भद्रपुर भन्सारको दोस्रो तलाबाट झरेर एक श्रमिक घाइते

sajilo news
झापा
२०८२ असार १९ गते , विहीबार
भद्रपुर भन्सारको दोस्रो तलाबाट झरेर एक श्रमिक घाइते

झापामा काम गर्दा गर्दै एक जना श्रमिक घाइते भएका छन् । आज बिहान ११;४० बजे भद्रपुर-५ स्थित भन्सार कार्यालयको तीन तले भवनको दोस्रो तलाबाट टायलको काम गर्दा गर्दै एक श्रमिक झरेका छन् ।

भद्रपुर वडा नं .७ बोक्ताबारी बस्ने ३६ वर्षीय अमृत राजवंशी अचानक झरेर घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । उनको हात, टाउको, दाहिने घुँडा र शरीरको भित्री भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

सम्बन्धित समाचार