२०८३ असार २ गते , मंगलबार
झापामा हात्तीले फेरि मान्छे मार्यो
झापा । झापामा शौचालय गर्न निस्किएका एक व्यक्तिको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-७ फक्तालुङ्ग निवासी ५९ वर्षीय लोकप्रसाद लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहानको राति ३:४५ बजेतिर आफ्नै घरमा रहेका लिम्बू शौचालय जाने क्रममा जंगली हात्तीसँग जम्काभेट हुँदा आक्रमण गरेको थियो । एउटा जंगली हात्तीले किच्दा लिम्बूको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले कानुनी प्रक्रिया शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।
यसअघि गत असार ६ गते जंगली हात्तीको आक्रमणबाट मेचीनगरका पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको थियो । यो वर्ष हात्तीको आक्रमणमा परी झापामा ६ जनाको ज्यान गइसकेको छ ।