२०८३ असार २ गते , मंगलबार

लायन्स क्लब भद्रपुरको अध्यक्षमा उर्मिला गौतम

sajilo news
झापा
२०८२ असार १८ गते , बुधबार
लायन्स क्लब भद्रपुरको अध्यक्षमा उर्मिला गौतम

भद्रपुर । लायन्स क्लब अफ भद्रपुरको अध्यक्षमा उर्मिला गौतम चयन भएकी छिन् । सन २०२५ २६ (एक वर्ष)का लागि भद्रपुर नगरपालिका- ७ निवासी गौतम क्लबको अध्यक्षमा चयन भएकी हुन् । 

लायन्स क्लबको मंगलवार भएको एक भेलाले अनिता रिजाललाई भाइस प्रेसिडेन्ट, पार्वती ओझा सेकेन्ड भाइस प्रेसिडेन्ट, गोमा पौडेल सेक्रेटरी र लक्ष्मी खनाललाई कोषाध्यक्षमा चयन गरेको छ । 

डिस्ट्रिक्ट चिफ मनोज बस्नेत, एरिया चिफ साजन थापा, चार्टर प्रेसिडेन्ट पूर्वमन्त्री ओमप्रकाश सरावगी, डिस्ट्रिक्ट चिफ शर्मिला अधिकारी, पूर्व प्रेसिडेन्ट यमबहादुर श्रेष्ठले नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्ष वर्ष २०२५ का अध्यक्ष उत्तमकुमार राजवंशीले गरेकामा क्लब सेक्रेटरी गोमा पौडेलले सञ्चालन गरेकी थिइन् । 

सम्बन्धित समाचार