२०८३ असार २ गते , मंगलबार

रोटरी क्लब भद्रपुरको अध्यक्षमा धनजुजु श्रेष्ठ

sajilo news
झापा
२०८२ असार १७ गते , मंगलबार
रोटरी क्लब भद्रपुरको अध्यक्षमा धनजुजु श्रेष्ठ

रोटरी क्लब अफ भद्रपुरको अध्यक्षमा धनजुजु श्रेष्ठ चयन भएका छन् । रोटरी क्यालेन्डर अनुसार जुलाई १ तारेखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार श्रेष्ठ सन् २०२५–२६ को लागि अध्यक्षमा श्रेष्ठ चयन भएका हुन् ।

रोटरीको अन्य पदमा क्रमशः आइपीपी सञ्जयराज पोखरेल, सचिवमा नरेश पराजुली, प्रेसिडेन्ट इलेक्टमा उज्ज्वल श्रेष्ठ, ट्रेजररमा पवनकुमार श्रेष्ठ, र सरजेन्ट अफ आम्समा नीरज पराजुली चयन भएका छन् । त्यस्तै चेयर डाइरेक्टरहरूमा क्रमशः दीपेश ढकाल, राजकुमार पोखरेल, टिकाराज ढकाल, आदित्य पराजुली र विगत ओझालाइ चयन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। यसैगरी सम्पूर्ण पास्ट प्रेसिडेन्टहरूलाई सल्लाहकारमा चयन गरिएको छ । 

सम्बन्धित समाचार