२०८३ असार २ गते , मंगलबार

दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा बालकसहित तीनजनाको मृत्यु

sajilo news
सुनसरी
२०८२ असार १५ गते , आईतबार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा बालकसहित तीनजनाको मृत्यु

सुनसरीमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एक बालकसहित तीन जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

हिजो साँझ ७.२० सुनसरीको रामधुनी नगरपालिका– ७ बासबिटीस्थित चतरा– कान्छीचोक सडक खण्डमा कान्छीचोकबाट कालाबन्जार जाँदै गरेको को ३३ प ९६०५ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा पाँच जना घाइते भएका थिए । घाइतेहरूलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । प्रदेश १–०२–०५६ प ५८६४ नं को मोटरसाइकल चालक सुनसरी रामधुनी –६ बस्ने ३४ वर्षीय इनर्चन चौधरी र सोही मोटरसाइकलमा सवार उनका छोरा वर्ष ९ का प्रनिश चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । चौधरीकी श्रीमती वर्ष ३२ की प्रतीक्षा चौधरीको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै को ३३ प ९६०५ नं को मोटरसाइकलको चालक सुनसरी इनरुवा –६ बस्ने वर्ष ५० का बिन्दु यादवको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनको मोटरसाइकलमा पछाडि सवार इटहरी –७ बस्ने वर्ष ३५ का रमेश चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार