२०८३ असार २ गते , मंगलबार
झापाको कचनकवलमा धान रोप्दा रोप्दै एक महिलाको मृत्यु
झापाको कचनकवलमा धान रोप्दा रोप्दै एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो २.३० बजेतिर कचनकवल गाउँपालिका- ६ बस्ने ५५ वर्षीया बोलोसरी राजवंशीको धान रोप्दा रोप्दै मृत्यु भएको हो । रोप्दा रोप्दै अचानक खेतमा ढलेपछि बोलोसरीलाई उठाएर आलीमा राखिएको थियो । त्यहाँबाट बनियानी स्वास्थ्य केन्द्र पुर्याउँदा मृत्यु भइसकेको मृतकका देवर सन्तलाल राजवंशीले बताए ।
आफ्नी भाउजुको आज अन्त्येष्टि गरिएको उनले जानकारी दिए । बोलोसरीको ह्रदयाघात भएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । करिव १२ वर्षअघि बोलोसरीका श्रीमानकाे पनि ह्रदयाघातकै कारण त्यसरी नै मृत्यु भएको थियो ।