'सदरमुकाम भद्रपुरको गाथा' पुस्तक विमोचन
भद्रपुर । झापा सदरमुकाम भद्रपुरको इतिहास समेटेर लेखिएको पुस्तक 'सदरमुकाम भद्रपुरको गाथा' नामक पुस्तक विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेको प्रमुख आतिथ्यमा भद्रपुर नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका बीच सो पुस्तक विमोचन गरिएको हो ।
अग्रज पत्रकार गोपाल गिरीले लेखेको पुस्तक प्रमुख अतिथि गाउँले सहित भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल, उपप्रमुख राधा कार्की, प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशी, प्रेस काउन्सिलका प्रमुख अधिकृत झविन्द्र भुषाल, नेपाल पत्रकार महासंघका झापा अध्यक्ष एकराज गिरी र प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरले संयुक्त रुपमा विमोचन गरेका थिए ।
प्रेस क्लब भद्रपुरको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँले, विशिष्ट अतिथि नगरप्रमुख पोखरेल, उपप्रमुख कार्की, प्रेस काउन्सिलका प्रमुख अधिकृत भुषाल र पत्रकार महासंघ झापा अध्यक्ष गिरीले मन्तव्य राखेका थिए ।
सो पुस्तकका बारेमा अग्रज पत्रकार चिन्तामणि दाहाल र तारामणि सापकोटाले टिप्पणी गरेको कार्यक्रमको अध्यक्षता प्रेस क्लबका अध्यक्ष राजबाबु शंकरले गरेका थिए भने सञ्चालन नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठकले गरेका थिए ।