२०८३ असार २ गते , मंगलबार

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

sajilo news
मोरङ
२०८२ असार १३ गते , शुक्रबार
ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

मोरङमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । गएराति ८.२५ बजे मोरङ सुनवर्षी नगरपालिका ८ विश्वकर्मा चौकस्थित सिजुवा– विराटनगर हुलाकी सडक खण्डमा झपडतलबाट डाइनियातर्फ जाँदै गरेको को.१ त.६१९१ नम्बरको ट्याक्टरको पछाडिबाट सोही दिशातर्फ जाँदै गरेको प्रदेश१–०२–०४५ प ९१६३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ रतुवामाई ३ चौकीघाट बस्ने ४३ वर्षीय ढक्कुलाल गनगाई घाइते भई रंगेली अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा राति ०१;२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि तत्काल फरार रहेका ट्याक्टर चालक सुनबर्षी ९ बिर्ता बस्ने २९ वर्षीय राजकुमार ऋषिदेवलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार