२०८३ असार २ गते , मंगलबार

माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

sajilo news
सुनसरी
२०८२ असार १२ गते , विहीबार
माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका-७ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ घर भई हाल सोही स्थानमा कोठा भाडा लिएर बस्दै आएका ३५ वर्षीय देवान राई रहेका छन् ।

बुधवार राती ९ बजे कोठाबाट करिब ५० मिटर टाढा रहेको खेतमा बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएका थिए । उनको विराट टिचिङ अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार