२०८३ असार २ गते , मंगलबार
हल्दिबारीको कल्भर्टमा एक व्यक्ति मृत भेटिए
झापा हल्दिबारीको कल्भर्टमा एक व्यक्ति मृत भेटिए हल्दिबारी गाउँपालिका-४ मङ्गलवारे दक्षिणतर्फको अधिकारी चोक जाने बाटोमा रहेको कल्भर्टभित्र एक व्यक्ति मृत फेला परेका छन् । मृतक अन्दाजी ६० वर्षीय बुचु सन्थाल रहेको प्रहरीले जनाएको छ। सन्थाल विगत ३०–४० वर्षदेखि सोही क्षेत्रमा जनमजदुरीको काम गर्दै आइरहेका थिए ।
केही वर्षअघि खुट्टा भाँचिएपछि वैशाखीको सहारामा मागी–खाई गर्दै त्यही स्थानमा बसोबास गर्दै आएका थिए। स्थानीयवासीले आज बुधवार साँझ कल्भर्टको पानीमा डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेर जलथल प्रहरी चौकीबाट खटिएको टोलीले शवको कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान गरिरहेको जनाइएको छ