२०८३ असार २ गते , मंगलबार

सर्पले डस्दा ८ वर्षीय बालकको मृत्यु

sajilo news
झापा
२०८२ असार ११ गते , बुधबार
सर्पले डस्दा ८ वर्षीय बालकको मृत्यु

उदयपुरमा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । मंगलबार साँझ ६:३० बजे उदयपुर बेलका नगरपालिका ८ भिमफेदी बस्ने मानबहादुर थापाका छोरा ८ वर्षीय निश्चल थापालाई घर अगाडि सर्पले दाहिने खुट्टामा टोकेको थियो । बिरामीलाई उपचारको लागि वि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याई उपचार भइरहेकोमा राति ८ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार