२०८३ असार २ गते , मंगलबार

सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

sajilo news
झापा
२०८२ असार ११ गते , बुधबार
सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

सेफ्टी ट्यांकीमा खसेर रौतहटमा दुई बालबालिकाको मृत्यु भएको छ । चन्द्रपुर -१० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको ट्यांकीमा खसेर मृत्यु भएको  ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरपुरमा प्रमुख, प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । 

मृतक दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेको प्रहरीले जनाएको छ । 

उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर लगिएकोमा डाक्टरहरुले ८:१५ बजे मृत घोषणा गरेको प्रमुख राईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको राईले बताए । 

सम्बन्धित समाचार